२ असार २०८३, मंगलबार

राष्ट्रपति पौडेलद्वारा जलवायु अनुसन्धान केन्द्रहरूको अवलोकन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्लिन, जर्मनी, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गर्नुभएको छ ।

जर्मनीको पोट्सडामका ती संस्थाहरूको अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई वैज्ञानिकहरुले जलवायु परिवर्तनको असरहरुका बारेमा जानकारी गराउँदै विकसित राष्ट्रहरुले तत्काल गर्नुपर्ने समााधानका उपायबारे सुझाउन आग्रह गर्नुभयो । ‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ । तर अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्‍यो ।’ राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, ‘नेपालमा जलवायु परिवर्तनको असर देखिइसक्यो । हिमालयहरू काला पहाड़मा परिणत भइसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्‍यो र विकसित देशले के के गर्नुपर्‍यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आावश्यक छ ।’

जीएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके)का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा. महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा यस अवसरमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।