१५ असार २०८३, सोमबार

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि पारित

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , २ असार । सहकारीको बचत रकम ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ ।

आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो ।

समितिले विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोगलगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यसअघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको तथा बाँकी उपलब्ध गराउन बैठकले फेरि निर्देशन दिएको छ ।

समितिले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापनसँग छलफल गर्ने तयारी गरेको छ ।

समितिले सहकारी ठठी प्रकरणमा नाम मुछिएका व्यक्तिहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका प्रमुख सचेतक, टीओआर निर्माण गर्दा बनेको कार्यदलका सदस्यहरु सहभागी थिए ।

गत जेठ १५ गते गठन भएको समितिमा एमाले सांसद सूर्य थापा संयोजक रहनुभएको छ भने एमालेबाट सरिता भुसाल, कांग्रेसबाट इश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, राप्रपाबाट ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल सदस्य रहनुभएको छ ।

समितिलाई तीन महिनाभित्र कार्यसम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।