१९ असार २०८३, शुक्रबार

श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, २ असार । आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राजनारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका-५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।