३१ जेष्ठ २०८३, आइतबार

टी-२० विश्वकप : यी ६ टोली सुपर ८ मा, १० टोली बाहिरिए

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको उत्साह उत्कर्षमा पुगेको छ । जारी विश्वकपमा हालसम्म ३१ खेल खेलिसकेका छन् ।

३१औँ खेल आज नेपाल र दक्षिण अफ्रिकाबीच भएको छ । जसमा दक्षिण अफ्रिका एक रनले विजयी भएको थियो । यो खेलमा पराजयसँगै नेपाल विश्वकपबाट बाहिरिएको छ ।

६ टोली सुपर-८ मा

टी-२० विश्वकपमा ३१ खेलपछि सुपर-८ का लागि ६ टोली निश्चित भएका छन् । जसमा भारत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, अफगानिस्तान, वेस्ट इन्डिज र अमेरिका रहेको छ ।

१० टोली बाहिरिए

६ टोली सुपर-८ मा छनोट हुँदा अर्कोतर्फ १० टोली सुपर-८ दौडबाट बाहिरिएका छन् । जसमा नेपालसहित पाकिस्तान, श्रीलंका, क्यानडा, आयरल्याण्ड, न्युजिल्यान्ड, नामिबिया, पपुवा न्युगिनी, युगान्डा र ओमान रहेका छन् ।

सुपर-८ मा अझै दुई टोलीले आफ्नो स्थान पक्का गर्न बाँकी छ । जसका लागि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । अब इंग्ल्याण्ड, स्कटल्याण्ड, बंगलादेश र नेदरल्याण्ड्स मध्ये दुई टोली सुपर–८ मा पुग्नेछन् ।