
काठमाडौं, ३२ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले यस संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले कास्की पोखरा-२६ स्थित लेखनाथ सिटी अस्पताल, ललितपुर-३ पुलचोकस्थित ओरो प्लस डेन्टल क्लिनिक, रुपन्देही बुटवल-५ स्थित ए एण्ड ए हेल्थ क्लब र तिलोत्तमा-५, मणिग्रामस्थित एनजी मार्केटस्मा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।









प्रतिक्रिया