२९ जेष्ठ २०८३, शुक्रबार

विपिन राम्जालीलाई १ लाख राशीको ‘निम्स दाइ’ पुरस्कार

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीले एक लाख रुपैयाँको ‘निम्स दाइ’ पुरस्कार प्राप्त गरेका छन् ।

पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसन कोषमार्फत कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जालीलाई बिहीबार एक लाख रुपैयाँसहित विद्यालयले सम्मान गरेको हो ।

पर्वतको दानामा जन्मिनुभएका पुर्जाले गत वर्ष विद्यालयमा ४० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको थियो ।

यस्तै, कार्यक्रममा गत वर्ष एसईईमा विद्यालय प्रथम हुने अश्विन विकले ८० हजार र कक्षा ८ मा प्रथम हुने अप्सन पुर्जालाई ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको छ ।