
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ९८ पैसा रहेको छ । बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बिहीबार युरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसामा कारोबार भएको थियो ।
आज, बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रीदर १७१ रुपैयाँ १४ पैसा पुगेको छ । बिहीबार पाउण्ड एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।









प्रतिक्रिया