
काठमाडौं, ३१ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुनः नियुक्त गर्नुभएको छ । त्यस्तै, क्याबिनेटको कमिटीले पिके मिश्रलाई प्रधानमन्त्रीको मुख्य सचिवमा पुनः नियुक्ति गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
डोभल र मिश्र २०१४ मा मोदी भारतको प्रधानमन्त्री भएदेखिनै यही भूमिकामा निरन्तर रहनुभएको छ ।
डोभल १९६८ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुनुहुन्छ भने मिश्र १९७२ ब्याचका अवकास प्राप्त आइपिएस अफिसर हुनुहुन्छ ।








प्रतिक्रिया