
काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँदिल्लीको उच्चकोटीको वातानुकूलित होटलमा पनि चिटचिट पसिना छुट्यो । परिवेशको तापक्रम त नियन्त्रणमै थियो तर आन्तरिक गर्मीले भने उहाँलाई सताएको थियो, जसलाई नियन्त्रण गर्न प्रधानमन्त्री दाहाललाई धौधौ परेको लाग्यो ।
भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन उहाँको शपथ ग्रहण समारोहका अतिथि हुनुहुन्थ्यो दाहाल । नयाँदिल्ली जानुअघि मात्र दाहालले अध्यक्षता गरेको मन्त्रीपरिषदले ११ कुटनीतिज्ञलाई काठमाडौं फिर्ता बोलाएको थियो, जसमा नयाँदिल्लीमा रहेका नेपालका राजदूत शंकर शर्मा पनि पर्नु भएको थियो । जुन देशका नयाँ प्रधानमन्त्रीलाई वधाई दिन दुइदिन पछि जानुपर्ने छ, त्यही देशमा रहेका आफ्नो देशका कुटनीतिक प्रतिनिधिलाई फिर्ता बोलाई सकिएको छ । यो आफैंमा विरोधा भाष थियो । स्वयं सरकारले नै सिर्जना गरेको थियो आफैं विरुद्व कुटनीतिक एम्बुस । कुटनीतिक अर्थमा यो त असन्तुष्टि प्रकट गरेको, विरोध गरेको वा आपत्ति प्रकट गरेको जस्तै घटना थियो नयाँदिल्लीस्थित नेपाली राजदूत फिर्ता बोलाईनु ।
पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्का यसलाई सरकारको अति अदूरदर्शी कार्य भन्न रुचाउउनु हुन्छ । ‘सत्तामा नेतृत्व परिवर्तन भएपछि अघिल्लो सरकारले नियुक्त गरेका राजदूतफिर्ता बोलाउने चलन पुरानै हो, यो परम्परा जस्तै बनिसकेको छ । मौकापाउँदा सबैले यस्ता कामगर्दै नै आएका छन् तर यसपटक भने प्रधानमन्त्रीदाहालनराम्ररी चुक्नुभयो’ संसदको अन्तर्राष्ट्रिय समितिका सदस्य खड्काले भन्नुभयो ।
फिर्ता बोलाईएका राजदूतशंकर शर्माले पनि आफूलाई नयाँदिल्लीमा कुटनीतिक सकस परेको निकटस्थसँग सुनाउनु भएको थियो । ‘मलाई फिर्ता आउ भनेर निर्णय गर्ने सरकारका नेता प्रधानमन्त्री नयाँदिल्ली आइरहेका छन्, शपथग्रहण समारोहमा जानु कि नजानु म बडो धर्मसंकटमा परें’ शर्मालाई उदृत गर्दै एक पूर्वराजदूतले भन्नुभयो, वास्तवमा सरकारको अपरिपक्व निर्णयका कारण प्रधानमन्त्री र राजदूत दुवैजना नयाँदिल्लीमा पानीपानी हुनुपर्यो । ‘दुवै जनाले जसोतसो अनुहार रातोपिरो पारेर भएपनि कुटनीतिक संकट टारे’ ती पूर्वराजदूतले टिप्पणी गर्नुभयो ।
सरकारले २४ जेठ बिहीबार ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो । मन्त्रिपरिषद्को भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाएको थियो । उहाँहरु नेपाली कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बन्नभएको थियो । अघिल्लो गठबन्धनका बेलामा राजदूत नियुक्त भएकालाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।
नयाँदिल्लीबाट फर्किएपछि प्रधानमन्त्री दाहालले विमानस्थलमा राजदूत फिर्ता बोलाउने निर्णयप्रति पछुतो मान्नु भएको थियो । २४ घण्टा नयाँदिल्ली बसेर फर्किएपछि दाहालले कुटनीतिक त्रुटीको असर राम्रैसँग महसुश गरेको देखियो ।















प्रतिक्रिया