१७ असार २०८३, बुधबार

गत वर्षको प्रत्येक महिनामा उच्च तापक्रम दर्ता

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जलस, ३१ जेठ । विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको मङ्गलबार नासाको विश्लेषणले देखाएको छ ।

“हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ”, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भन्नुभयो, “विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।”

पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत रेखा (सन् १९५१ देखि १९८०) भन्दा दुई दशमलव ३४ डिग्री फरेनहाइट (एक दशमलव तीन डिग्री सेल्सियस) रहेको विश्लेषणले देखाएको छ ।

जमिनमा मौसम स्टेसन र महासागरहरूमा उपकरणका विशाल नेटवर्कबाट तापक्रम रिडिङहरूको आधारमा वैज्ञानिकहरूले पत्ता लगाउँछन् । रेकर्ड मानव गतिविधिहरू विशेषगरी हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित दीर्घकालीन तापक्रम प्रवृत्तिको भाग हो ।

नासाका प्रमुख वैज्ञानिक तथा वरिष्ठ जलवायु सल्लाहकार केट क्याल्भिनले भन्नुभयो, “हामीले धेरै तातो दिनहरू, धेरै तातो महिनाहरू, धेरै तातो वर्षहरू अनुभव गरिरहेका छौँ । तापक्रममा हुने यो वृद्धि हाम्रो हरितगृह ग्यास उत्सर्जनद्वारा सञ्चालित छन् र यसले विश्वभरका मानिस र पारिस्थितिकीय प्रणालीहरूलाई असर गरिरहेको हामीलाई थाहा छ ।”

विश्लेषणका अनुसार १९औँ शताब्दीको उत्तरार्धमा रेकर्ड राख्ने काम सुरु भएदेखि पछिल्लो १० वर्ष लगातार सबैभन्दा न्यानो १० वर्ष भएको विगतका चार दशकहरूमा यो प्रवृत्ति स्पष्ट भएको छ । सिन्ह्वा