५ असार २०८३, शुक्रबार

फुटबल सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । टिभी प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा १८ वर्षदेखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ ।

फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्दै छ साथै यस अफरमा चयन गरिएका ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ । अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ । क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन् । यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ ।

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनबिक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्कमार्फत उपलब्ध गरिएको हो । यो योजना असार ३१, २०८१ सम्म लागु रहने सामसङले जनाएको छ ।