१६ असार २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकद्वारा बझाङमा विद्यालय भवन निर्माणका लागि सहयोग

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले शिक्षा क्षेत्रमा टेवा पुग्ने उदेश्यले २०८० साल असोज १६ गते बझाङ केन्द्रविन्दु भई गएको भुकम्पबाट प्रभावित बझाङको थलरा गाँउपालिका वडा नं. ९ स्थित भवानी आधरभूत विद्यालयको भवन पुनः निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी आर्थिक सहयोग गरेको छ ।

हाल, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लासँग सहकार्य गरी निर्माण गरिएको भवनको निर्माण कार्य सम्पन्न भई एक कार्यक्रमबीच विद्यालयलाई हस्तारण गरिएको छ । भवन निर्माण कार्यका लागि अभिभावक तथा अन्य स्थानियवासीहरुले श्रमदानसमेत गरेका थिए ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुले नवनिर्मित भवनमा बसेर राम्ररी पढ्न पाउने, घाम, पानीबाट सुरक्षित बसी आफ्नो दैनिक पठनपाठन कार्य गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।