
काठमाडौं, २८ जेठ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १८२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।








प्रतिक्रिया