सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

ट्रम्पले पहिलो पटक भने- पोर्नस्टार विषयको मुद्दाले पत्नीसँगको सम्बन्ध बिग्रियो

दैनिक नेपाल २०८१ जेठ २७ गते ९:३३

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफू र उहाँकी श्रीमती मेलानियाबीच सबै कुरा ठीक नभएको स्वीकार गर्नुभएको छ । एक कार्यक्रममा ट्रम्पले अब आफू मेलानियासँग ‘अत्यन्तै कम’ कुरा गर्ने गरेको बताउनुभएको हो ।

यसअघि ट्रम्प र मेलानियाको सम्बन्ध तनावपूर्ण छ र उहाँहरूबीच कुनै पनि कुराकानी नभएको लामो समयदेखि अनुमान गरिएको थियो ।

ट्रम्पको पोर्न स्टारसँग सम्बन्ध बाहिर आएर अदालतले दोषी ठहर गरेपछि मेलानिया र ट्रम्पको सम्बन्ध अझ खराब भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

मेलानियाले अदालतको फैसलाबारे कुनै प्रतिक्रिया दिनुभएको छैन् । यसले ट्रम्प परिवारमा सबै कुरा राम्ररी चलिरहेको छैन् भन्ने अनुमान लगाइएको थियो ।

हालै डोनाल्ड ट्रम्प एक कार्यक्रममा राजनीतिक मुद्दाका अलावा आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि कुरा गर्नुभयो । उहाँले यो समय आफ्नो परिवारका लागि कठिन भएको बताउनुभयो । ट्रम्पले मेरो परिवारमाथि धेरै अन्याय भएको बताउनुभएको छ । उहाँले आफ्नी श्रीमती मेलानियाका लागि कठिन समय भएको बताउनुभयो ।

मेलानियाको अवस्थाबारे सोध्दा ट्रम्पले भन्नुभयो– मलाई लाग्छ उनी ठीक हुनेछिन् । इमानदार पूर्वक भन्दा, मलाई लाग्छ कि यो तिनीहरूका लागि सजिलो छैन । मलाई लाग्छ यदि उनले ठीक नभएपनि मलाई यो सबै बताउन पनि चाहँदैनन् ।

यसअघि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आफ्नो कानुनी लडाइ विशेषगरी आफ्नी पत्नीका लागि कठिन भएको बताउनुभएको थियो ।

ट्रम्पले पनि स्टर्मी डेनियल केसले आफूलाई गहिरो असर गरेको स्वीकार गर्नुभयो । उहाँले यो प्रकरणमा आफ्नी श्रीमती मेलानियासँग सम्बन्धित भएकोले यो घटनाले उहाँलाई निकै असर गरेको बताउनुभयो । उहाँले यो आफ्नो बारेमा मात्र भएको भए यति चिन्तित नहुने बताउनुभयो ।

मिडिया रिपोर्टका अनुसार पोर्न स्टार स्टर्मी डेनियलसँग ट्रम्पको कथित सम्बन्धलाई लिएर मेलानिया ट्रम्प निकै असहज हुनुहुन्थो । यो मुद्धाको क्रममा, स्टर्मी डेनियलले ट्रम्पसँग आफ्नो सम्बन्धको बारेमा धेरै दाबी गर्नुभएको थियो । ट्रम्पसँगको आफ्नो सम्बन्धको विवरण दिनुका साथै पोर्न स्टारले डोनाल्ड ट्रम्प र मेलानिया दुवै फरक(फरक बेडमा सुत्ने दाबी गर्नुभएको थियो ।

डोनाल्ड ट्रम्पले २०१६ मा राष्ट्रपति चुनाव लड्नु अघि पोर्न स्टार स्टर्मी डेनियललाई पैसा तिरेको अदालतमा प्रमाणित भएको छ । उहाँले आफ्नो पुरानो सम्बन्ध बारे नबोल्न रकम दिनुभएको थियो । यसका लागि ट्रम्पले आफ्नो व्यापारिक अभिलेखमा समेत झुटो विवरण राख्नु्भएको थियो ।

ट्रम्पका वकिल माइकल कोहेनले ट्रम्पको अनुरोधमा पोर्न स्टार स्टर्मी डेनियललाई १ लाख ३० हजार डलर दिनुभएको थियो । राष्ट्रपति बनेपछि ट्रम्पले आफूलाई पैसा फिर्ता गरेको कोहेनले बताउनुभयो । यसका लागि उहाँले कोहेनलाई १० महिनाका लागि धेरै चेक दिनुभयो । उहाँहरूले यसलाई कानुनी शुल्कको रूपमा रेकर्डमा देखाउनुभयो, जुन वास्तवमा अपराध लुकाउनको लागि गरिएको भुक्तानी थियो ।

ट्रम्पको स्टर्मीसँगको सम्बन्ध २००६ देखि शुरु भएको थियो । ट्रम्प त्यतिबेला घरजग्गा व्यवसायी हुनुहुन्थो । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षको हुनुहुन्थो भने ट्रम्प ६० वर्षको हुनुहुन्थो । जुलाई २००६ मा एक गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।

स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा यो भेटघाटको उल्लेख गर्नुभएको छ । उहाँले ट्रम्पलाई भेट्दा उहाँकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई जन्म दिनुभएको थियो । ब्यारोनको जन्म भएको ४ महिना मात्रै बितेको थियो ।

उहाँको पुस्तकमा ट्रम्पका अंगरक्षकहरूले उहाँलाई नयाँ स्टारको पेन्टहाउसमा डिनरको लागि निम्तो दिएको उल्लेख गर्नुभएको छ । पुस्तकमा उहाँले ट्रम्पसँगको आफ्नो सम्बन्ध भएको र त्यसपछि यी दुईबीच अफेयर सुरु भएको उल्लेख छ ।

त्यसपछि ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि आफ्नो सम्बन्धको विषय बाहिर नल्याउन स्टर्मीलाई पैसा दिनुभएको थियो । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिनुभएको थियो ।

ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानी जनवरी २०१८ मा वाल स्ट्रीट जर्नलले खुलासा गरेको थियो । यसै आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा दायर गर्ने निर्णय भएको थियो । उहाँ आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ र यसमा दोषी करारसमेत हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित