
काठमाडौं, २५ जेठ । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।
हालै भएको १८औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उहाँलाई नै दलको नेता चयन गरिएको थियो ।
एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गर्नु भएको थियो । उहाँले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अब नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनु हुनेछ । उहाँको सपथ ग्रहण समारोह आगामी आइतबार हुने छ ।








प्रतिक्रिया