
काठमाडौं, २४ जेठ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई कमलादीस्थित हेयर एन्ड शान्ति युनिसेक्स सैलुनमा सौन्दर्य सम्बन्धि सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच सैलुनका निर्देशक रामकुमार श्रेष्ठ र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका म्यानेजर पुजा थापाकोसमेत उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले हेयर एण्ड शान्तिमा प्रोफेशनल मेकअप, पेनलेस डिपिलेसन, हेयरकट र स्टाइलिङ, आइल्याश एक्सटेन्सन, प्रोफेशनल स्टाइलिस्ट, स्पा प्रक्रिया, रिजेनेरेटिङ ट्रीटमेन्ट, मैनीक्योर र पेडीक्योरलगायत सौन्दर्य सम्बन्धी सेवा लिँदा (थ्रेड्रिङ्गबाहेक) ग्राहकलाई १० प्रतिशत र कर्मचारीहरूलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।
हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर विभिन्न स्थानमा (आउटलेटः काठमाडौंभित्र ८ र पोखरा १, वीरगञ्ज १, हेटौंडा २ र नारायणघाट १ )बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।









प्रतिक्रिया