२ असार २०८३, मंगलबार

एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २४ जेठ । नेकपा (एमाले) सुनसरीका जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ ।

लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी पर्नुभएका खनालको बिहीबार बिहान निधन भएको हो ।

उहाँको उपचारको क्रममा हैदरावादमा निधन भएको एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीले बताउनुभयो ।

खनाल एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गत जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी हुनुभएका खनाललाई हालै थप उपचारका हैदरावाद लगिएको थियो ।