
काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसामा कारोबार हुँदा मंगलबार डलरको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको छ । बुधबार युरो एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७० रुपैयाँ ७० पैसामा झरेको छ । बुधबार पाउण्ड एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८८ पैसामा कारोबार हुँदा मंगलबार पाउण्डको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा रहेको थियो ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।








प्रतिक्रिया