
पोखरा, २३ जेठ । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रालि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
अन्नपूर्ण केबलकारले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ ।
केबलकार यात्रामा माछापुच्छ्रे, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाललगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सूर्यअस्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३”को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।









प्रतिक्रिया