२४ असार २०८३, बुधबार

कोशी सरकारविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको कोशी सरकारविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

रिटको पेशी न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसमा तोकिएको छ । यसअघि जेठ १६ गते न्यायाधीश मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले सो रिट हेर्न ‘नभ्याइने’ मा राखेको थियो।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गर्नु भएको हो ।

प्रदेश प्रमुख खापुंगले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसका विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुग्नु भएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्कीले मुख्यमन्त्रीमा दावी गर्नु भएको थियो । सनाखतपछि प्रदेश प्रमुख खापुङ्गले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।