
काठमाडौं, २३ जेठ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो ।
यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १७० रुपैयाँ ११ पैसा र बिक्रीदर १७० रुपैयाँ ८८ पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसामा झरेकामा सोमबार पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ ।








प्रतिक्रिया