१२ असार २०८३, शुक्रबार

प्रभु बैंकका ग्राहकलाई हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा विशेष छुट

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा, २२ जेठ । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले पर्वतको कुश्मास्थित हार्नेस जिपलाइन प्रालि र लमजुङ बेशीसहरस्थित गेट वे हिमालय रिसोर्ट प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् ।

बैंकले हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टसँग आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता गरेको हो ।

एक समारोहकाबीच हार्नेस जिपलाइनका तर्फबाट प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्टका तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्घारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइन प्रालिमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टिङलगायतका सेवा हरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । हार्नेस जिपलाइन प्रालि पछिल्लो तीन वर्षदेखि सञ्चालमा आएको र छोटो समयमा नै धेरै साहसीक मनहरुलाई आकर्षित गर्न सफल भएको देखिन्छ ।

यसैगरी, गेट वे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जनलगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

गेट वे हिमालय रिसोर्ट पछिल्लो एक दशकदेखि सञ्चालनमा आएको बेशीसहरस्थित लमजुङ जिल्लाकै सुविधा सम्पन्न रिसोर्टको रुपमा परिचित छ ।

“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, बैंक छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।