
काठमाडौं, २२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक लोकसभा निर्वाचनमा विजयी हुनुभएको छ ।
मोदी उत्तर प्रदेशको वाराणसीबाट लोकसभामा विजयी हुनुभएको हो ।
उहाँले प्रतिस्पर्धी राष्ट्रिय भारतीय काँग्रेसका उम्मेदवार अजय रायलाई एक लाख ५२ हजार ३५५ मतले पराजित गर्दै विजयी हुनु भएको हो ।
उहाँले ६ लाख ११ हजार ४३९ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी रायले ४ लाख ५९ हजार मत पाउनुभयो ।









प्रतिक्रिया