१९ असार २०८३, शुक्रबार

बजेटसम्बन्धी छलफलमा अर्थमन्त्री अनुपस्थित, बैठक १५ मिनेटका लागि स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

संसदमा बजेटसम्बन्धी छलफल जारी रहेका बेला अर्थमन्त्री बर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गर्नु भएको हो ।

बजेट सम्बन्धि छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो ।

सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केहि समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो