२३ जेष्ठ २०८३, शनिबार

कांग्रेसले उत्ताउलोपन देखायो : योगेश भट्टराई

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद अवरोध गरेर नेपाली कांग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको टिप्पणी गर्नु भएको हो । ‘काङ्ग्रेसको तर्फबाट जुन खालका गतिविधिहरु भए, जुनखालको उत्ताउलो परिस्थिति सिर्जना भयो त्यो अचम्मलाग्दो छ । अघिल्लो दिनसम्म भगवान जस्तो प्रस्ताव गर्ने व्यक्ति भोलिपल्ट ८ बजे कसरी अपराधी हुन पुगेको होला ?’ उहाँले सहकारी छानविन समिति निर्माणका क्रममा भएको गतिविधितर्फ लक्षित गर्दै भन्नुभयो ।

सांसद भट्टराईले कांग्रेसका नेताहरु ऐना पुछेर सफा बनाउने भन्दा पनि फुटाउनतर्फ लागेको बताउनुभयो । ‘काङ्ग्रेसको अनुहारमा कालो पोतिएको होला, ऐना पुसेर हुँदैन । ऐना पुस्ने होइन पछिल्लो कालमा काङ्ग्रेसका साथीहरु ऐना फुटाउन तिरनै जानुभएको हो कि जस्तो लागेको छ,’ उहाँले अगाडि भन्नुभयो,‘ऐना एक ठाँउको फुट्ला तर तल्लै पिच्छे, पसलै पिच्छे ऐना छन् त्यसैले सबै फुटाउन सकिदैँन ।’

विगतमा भएका अनियमितता र भ्रष्टाचार प्रकरणको छानविन हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘०४६ सालपछि अथवा अगाडि कुनकुन बेलाको छानबिन गर्नुपर्ने हो एमाले प्रत्येक छानबिनको लागि तयार छ । टेरामक्स, एनसेल, बाँसबारी कहाँको गर्ने हो एमाले तयार छ ।’