२९ असार २०८३, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगेपछि…

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आज राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद भवनमा पुग्नु भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाने क्रममा रास्वपाका सांसदहरू क्रिकेट टोलीको जर्सी लगाएर पुग्नु भएको हो ।

टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट टीमको हौसला बढाउन सांसदहरू जर्सी लगाएर संसदमा जानु भएको हो ।

उहाँहरूले बैठक प्रवेश गर्नुअघि संसद् भवन परिसरमा सामूहिक तस्बिर खिचाउनु भएको थियो । नेपालले आज राति टी–२० विश्वकप अन्तर्गत पहिलो खेल नेदरल्यान्डससँग खेल्दैछ।