
काठमाडौं, २२ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।
यस्तै, मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको मूल्य घटेको छ । सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको थियो ।
आज बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसामा भरेको छ । सोमबार पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।
कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया