
काठमाडौं, २१ जेठ । प्रभु बैंक लिमिटेड र यूएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सम्झौता भएको छ ।
स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरूको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘इम्पावरिङ एग्रो एन्ड टुरिज्म इन्डन्ट्री फर सस्टेनेबल ग्रोथ फर फ्युचर नेपाल’ नामक परियोजनाका लागि सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता पत्रमा यूएसएआइडी ट्रेड एन्ड कम्पिटिटिभनेसका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरूलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरूमा काम गर्ने साझा लक्ष्य रहेको बैंकले जनाएको छ ।








प्रतिक्रिया