२६ जेष्ठ २०८३, मंगलबार

नेसनल लाइफ इन्स्योरेन्सको बलथली भ्रमण सम्पन्न

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि दुई रात तीन दिनको “बलथली भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब दुई सय जना वरिष्ठ अभिकर्ताहरुलाई बलथली भ्रमण गराइएको थियो ।

भ्रमणका क्रममा बलथलीको मनोरम दृष्यका साथै तहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशुलको अवलोकन गराइएको थियो ।

साथै, बलथली भ्रमणपश्चात धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो ।