१९ असार २०८३, शुक्रबार

न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गबीच विशेष छुट सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर द्वारा हस्ताक्षर गरिएको हो ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण बुङ्लुङ्ग जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपूर्ण, धौलागिरि, ढोरपाटन, मुस्ताङ र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरूका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बुङ्लुङ्ग झोलुङ्गे पुलहरूको जिल्लाको उपनामबाट परिचित छ ।

धौलागिरि र अन्नपूर्ण शृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बुङ्लुङ्ग टे«किङ्ग, बाइकिङ्ग, ¥याफ्टिङ्ग तथा साहसिक चाहनेहरूका लागि उत्तम गन्तव्य स्थानका रुपमा लिइन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम सङ्ग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्त्विक महत्वका स्थानहरूबाट समेत परिचित छ । त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त सिकार आरक्ष, ढोरपाटन सिकार आरक्ष जहाँ निलो भेडाहरूको प्रमुख वासस्थान रहेको पाइन्छ ।