
प्युठान, २० जेठ । नेकपा (एमाले) प्युठानको दशौं जिल्ला अधिवेशन शुरू भएको छ ।
बिजुवारस्थित होटल आयुश्मामा अधिवेशन सुरू भएको हो । अधिवेशनको पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा पार्टी सचिव पद्मा अर्याल, पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभा सांसदसमेत रहनुभएका प्युठान जिल्ला इञ्चार्ज सूर्य थापा लगायत नेताहरूको आतिथ्यता छ ।
भोलिसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।









प्रतिक्रिया