१५ असार २०८३, सोमबार

बजेटले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न सकेन : युवराज खतिवडा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारले आर्थिक सुधारको वर्ष भनेर बजेटमा भनेको भएतापनि आयोग गठनको वर्ष हुने डर रहेको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक क्षेत्रको समस्याको समाधान दीर्घकालीन हुनुपर्ने भन्दै बजेट सुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको हुनाले आर्थिक क्षेत्रको समस्यालाई सम्बोधन गर्न नसकेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,‘आयात निरन्तर घट्दै छ । त्यसैले राजस्वमा दवाव परेको छ । त्यसले व्यवसायीको आम्दानीमा प्रभाव पारेको छ । त्यसको समाधान त दीर्घकालीन हुनुपर्ने होला नि? बजेटसुरुवात गर्दा संरचनागत सुधारबाट सुरु गरेको छ । समस्याको धेरै सम्बोधन भएको छैन । यसैपनि संरचना सुधारका कुराहरु धेरै हुन्छन् । ति कुरा अब आयोग गठन गरेर गर्ने भन्नु भएको छ । त्यसमा मेरो आलोचना छ ।’

उहाँले अगाडि भन्नुभयो, ‘बजेटको पाँच पेजमा आर्थिक सुधारको कुरा गर्ने अनि छौंठौं पेजमा गएर यि सबैको लागि उच्च स्तरीय आयोग गठन गर्ने भन्ने ?बजेटमा मन्त्रीज्यूले आर्थिक सुधारको वर्ष भन्नुभएको छ तर आयोग गठनको वर्ष हुने डर हुन्छ । त्यस्तो नहोस् ।’

उहाँले बाहिरबाट सुन आयात गरेर आफ्नो सीपलाई प्रयोग गरी गहना बनाएर निर्यात गर्ने कुरामा राष्ट्र बैक र अर्थमन्त्रालयले सोच्न आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘गहना बनाएर निर्यात गर्ने सुन चाँदीको हकमा आयात गर्न दिँदा हुन्छ । निर्यात हुने परिमाणको आधारमा आन्तरिक खपत भने कठिन हुन्छ । त्यो राज्यले धान्न सक्दैन् । सुनको माग हाम्रो देशको देशको नागरिकको मात्र होइन् त्यसैले आफ्नो सीपलाई प्रयोग गरेर र मुल्य वृद्धि गरेर निर्यात गर्ने कुरामा राष्ट्र बैक र अर्थमन्त्रालयले सोच्नुपर्छ ।’