३१ जेष्ठ २०८३, आइतबार

अबको हिसाब किताब प्रधानमन्त्रीसँग लिन्छौं : गगन थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताउनु भएको छ ।

यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै महामन्त्री थापाले अब आफूहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताउनु भएको हो ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराउनु भएको छ । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउँदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट पार्नुभयो ।

उहाँले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउँदै भन्नुभएको छ, ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु प¥र्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ । हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु प¥यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।,’

उहाँले सहकारी ठगि प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउदै अब संसदमा आफूहरुले जनसरोकारका विषय उठाउदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताउनुभयो ।