२९ जेष्ठ २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।