२६ जेष्ठ २०८३, मंगलबार

केजरीवाल आज पुनः जेल जाँदै

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुनः जेल जाँदै हुनुहुन्छ ।

भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उहाँले सरेन्डर गर्नुपर्ने भएको छ ।

यसअघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउँदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले याचिका अस्वीकार गरेको थियो ।

केजरीवाल यसअघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ पर्नुभएको थियो ।

२० दिन जेल बाहिर रहनुभएका केजरीवलले यस अवधिमा पार्टी र आफ्नो इन्डिया गठबन्धनका लागि देशभर चुनावी र्‍याली र सभालाई सम्बोधन गर्नुभएको थियो । भारतमा सात चरणमा भएको लोकसभाको निर्वाचन शनिबार सकिएको छ भने अब मंगलबार नतिजा सार्वजनिक हुनेछ ।