२४ असार २०८३, बुधबार

कमर्सियल आर्टिस्ट संघको अध्यक्षमा लिम्बु निर्वाचित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेपाल कमर्सियल आर्टिस्ट संघको अध्यक्षमा रामप्रसाद लिम्बु (याम) निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा सम्पन्न संघको पहिलो राष्ट्रिय महाधिवेशनमा संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा लिम्बु निर्वाचित हुनुभएको हो ।

निर्वाचन मण्डलका प्रमुख ओमप्रकाश गुरुङका अनुसार अध्यक्ष पदमा निवर्तमान महासचिव चित्रबहादुर कार्की र निवर्तमान केन्द्रीय सदस्य लिम्बुबीच प्रतिस्पर्धा भएको थियो ।

लिम्बु ७४ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कार्कीले ३१ मत पाउनुभयो ।

महाधिवेशनमा देशभरबाट ११९ जना प्रतिनिधि सहभागिता जनाएका थिए । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरू भने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिनुभयो ।

कार्यसमितिको उपाध्यक्षहरूमा कमलराज श्रेष्ठ, सुभाष कुमार शाक्य, शारदा मानन्धर, डम्फे तामाङ (डम्बर) र राजेन्द्र सुवेदी चयन हुनुभएको छ ।

यस्तै, संघको महासचिवमा सुवास केसी तथा सचिवहरूमा सन्तोष बीसी, राजेन्द्र गुरुङ र केशर सिंह लामा चयन हुनुभएको छ । संघको कोषाध्यक्षमा नवीन कार्की र सह-कोषाध्यक्षमा सन्तोष कुमार गुप्ता चयन हुनुभएको छ ।

कार्यसमितिको केन्द्रीय सदस्यहरूमा सिताराम उप्रेती (चितवन), भरतबाबु पौडेल (नवलपुर), देव नारायण पौडेल (नेपालगञ्ज), युवराज वस्ताकोटी (कास्की), धनु घिमिरे ‘रवि’ (रुपन्देही), जंग बहादुर पण्डित (पर्सा), श्याम थापा (बाँके), राजु श्रेष्ठ (कञ्चनपुर) चयन हुनुभएको छ ।

यसैगरी, धर्म बहादुर विष्ट (कैलाली), सुरेश पुन (प्युठान), भोला शाह ‘कालु’ (बारा), अन्दीलाल सरदार (सप्तरी), टिकाराम कार्की (सिन्धुपाल्चोक), कुमार यारा (काठमाडौं) र रामकृष्ण चौधरी (काठमाडौं) सदस्य चयन हुनुभएको छ ।