६ श्रावण २०८३, बुधबार

पर्यटन विकास आयोजना काठमाडौंका २ सव-इन्जिनियर घुससहित पक्राउ

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव-इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन् ।

उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।