
रौतहत, १८ जेठ । रौतहटस्थित बिहीबार साँझ आएको हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षती भएको छ।
चन्द्रपुर केन्द्रीत हावाहुरीले कैयौं ठाउँको दर्जनौं विधुत पोल ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावा हुरीले चन्द्रपुर नगरपालिका–६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षती भएको छ।
त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी,४ का सुन्तली पहरी, का धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभयो ।
चन्द्रपुरमा ५० भन्दा बढि विद्युत पोल ढलेको छ । हावा हुरीले दर्जनौं बिजुलीको पोलका भाचिनुका साथै एउटा २०० केवीको ट्रानसफर्मरमा क्षती पुगेको छ। विद्युत पोल ट्रानफर्मार र अन्य उपकरण समेत गरि ३० लाख भन्दा बढीको क्षती भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनीगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताउनुभयो ।
हावाहुरीले गरेको क्षति बारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भईरहेको कारण चन्द्रपुरको अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिनुभयो ।
त्यसैगरी हावाहुरीले कटहरियास्थित एउटा ११ केभीको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा किसानहरु मर्कामा परेका छन् । बिहीवार साँझको हावा हुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








प्रतिक्रिया