३ असार २०८३, बुधबार

हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गर्नुभएको छ । जेठको दोस्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिनुभएका उहाँ शुक्रबार काठमाडौं फर्किनुभएको हो ।

काठमाडौंमा उहाँलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उहाँ सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुनुहुन्छ ।

उहाँले आफूले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वल्ड रेकर्ड बनाएको बताउनुभयो । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित दुई महिना लगाएर सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो ।

‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ भनेर एउटा चेतनामुलक अभियानको प्रारम्भकोरुपमा सगरमाथा आरोहण गरेको हुँ ।’ उहाँले भन्नुभयो, ‘सोचेअनुरुप आफू सफल भएँ, एकदमै खुसी छु ।’