१५ असार २०८३, सोमबार

मकवानपुरगढीमा भीरबाट लडेर एक महिलाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर १८ जेठ । जिल्लाको मकवानपुरगढी गाउँपालिका-८ ओखर डाँडास्थित लाखुरेडाँडा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाअनुसार स्थानीय ३५ वर्षीया कल्पना थिङको स्याङ्तानको बिहीबार भीरबाट खसेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।