३ श्रावण २०८३, आइतबार

एमाले गोदावरीको अध्यक्षमा सन्तोष सिंह निर्वाचित

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १८ जेठ । नेकपा (एमाले) गोदावरी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सन्तोष सिंह निर्वाचित हुनुभएको छ ।

गएराति सम्पन्न निर्माचनमा सिंहले एक सय ६२ मत पाउनुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी हरि फुलाराले एक सय ४० मत प्राप्त गर्नुभएको थियो ।

नगर उपाध्यक्षमा कीर्तबहादुर चन्द, सचिवमा विक्रम विष्ट, उपसचिवमा कृष्णा चौधरी र जयबहादुर विक निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा तीन सय पाँच मत खसेको थियो ।

अधिवेशनको उद्घाटन नेकपा (एमाले)का सचिव लेखराज भट्टले गर्नुभएको थियो ।