
काठमाडौं, १८ जेठ । सयौं महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ पर्नुभएको छ ।
जर्मनीबाट फर्किएर भारत आउँदै गर्नुभएका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी)ले पक्राउ गरेको हो । उहाँलाई आज अदालतमा पेश गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
प्रज्जवल रेवन्ना सेक्स भिडिओ काण्डका मुख्य अभियुक्त हुनुहुन्छ । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो ।
यौन उत्पीडनको आरोपमा पर्नुभएका प्रज्वलले यसअघि नै भिडिओ सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गर्नुभएको थियो । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो । हालै इन्टरपोलले रेभान्नाविरुद्ध ब्लु कर्नर नोटिस जारी गरेको थियो ।
यसअघि बिहीबार कैयौं महिलामाथि यौन शोषणको आरोप लागेका जनता दल ९धर्मनिरपेक्ष० का निलम्बित नेता प्रज्ज्वल रेवन्नाविरुद्ध सयौंले प्रदर्शन गर्दै पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा प्रदेशभरका महिला, मजदुर, किसान र दलितको सहभागिता थियो ।
हसन लस सीटबाट लोकसभामा एनडीए उम्मेदवारसमेत रहनुभएका रेवन्ना आरोप लगत्तै विदेश फरार हुनुभएको थियो । उहाँविरुद्ध हालसम्म दुईवटा यौन शोषणको मुद्दा दर्ता भइसकेको छ ।
यसैबीच रेवन्नाका वकिलले बलात्कार मुद्दामा विशेष अदालतमा अग्रिम धरौटीका लागि निवेदन दिनुभएको थियो, जुन खारेज भएको थियो ।









प्रतिक्रिया