
काठमाडौं, १७ जेठ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडिओ प्रतियोगिताको आयोजना गरेको छ ।
व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको बैंकले जनाएको छ । भिडिओ प्रतियोगिताको उद्देश्य भनेको साथी, आफन्त वा परिवारजनको जो कोही सदस्य वा कुनै संघ संस्था हुनहुन्छ हजुरको प्रगतिको साथी उहाँको साथमा एक भिडिओ बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ त भन्ने कुरालाई प्रस्ट्याउने रहेको बैंकले जनाएको छ । एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्न सक्ने र यो भिडिओ प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
आफ्नो प्रेरणादायक कथाहरूलाई छोटो मोबाइल भिडिओ वा फेसबुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन सकिन्छ । एक मिनेटसम्मको समयावधि भएको भिडिओ बनाएर #partnerforprogress सहित फेसबुकमा भिडिओ अपलोड गरी सिटिजन्स बैंकको फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ साथै भिडियो पव्लिक हुनुपर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई सम्मान स्वरूप नगद पुरस्कार रु ५० हजार, रु ३० हजार र रु २० हजार क्रमश प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।









प्रतिक्रिया