९ असार २०८३, मंगलबार

संवैधानिक परिषद् विधेयक राज्य व्यवस्था समितिबाट पारित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

समिति सभापति रामहरि खतिवडाले विधेयक पारित भएको घोषणा गर्दै सबैको सकारात्मक छलफलका कारण विधेयक पारित भएको बताउनु भएको हो । बैठकमा सञ्चारमन्त्री रेखा शर्माले विधेयकमाथिको पक्ष र विपक्षमा भएको छलफलबाट निष्कर्षमा पुग्न सक्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

उहाँले विधेयकमा संवैधानिक परिषद्का अध्यक्षसहित तत्काल बहल रहेका सदस्यको ५० प्रतिशत उपस्थिति भए बहुमत वा गणपुरक संख्या मानिने विषय व्यवहारिक रहेको जानकारी दिनुभयो ।

विधेयकमा कुनै सदस्य उपस्थित हुन नसके त्यसको कारण २४ घण्टा अघि नै अध्यक्षलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको छ भने परिषद्को बैठकको पूर्ण जानकारी विद्युतीय माध्यमबाट जानकारी गराउनुपर्ने समेत विधेयकमा उल्लेख छ ।