४ असार २०८३, बिहिबार

बजेट पूर्ण कार्यान्वयन भएमात्र व्यवसायीको मनोबल उच्च हुन्छ : अध्यक्ष ढकाल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले बजेटको मार्गनिर्देशन पूर्ण कार्यान्वयन गरेमात्र व्यवसायीको मनोबल उच्च हुने बताउनुभएको छ ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग काठमाडौंमा गरेको अन्तरक्रियामा निजी क्षेत्रले दोस्रो चरणको आर्थिक सुधार चाहेको र त्यो बजेटमा सम्बोधन भएको उहाँले बताउनुभयो । उहाँले बजेटमा समेटिएको हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने विषय पनि स्वागतयोग्य भएको बताउनुभयो ।

‘दोस्रो चरणको आर्थिक सुधारको कुरा निजी क्षेत्रले चाहेको थियो । बजेटले सम्बोधन गर्‍यो । बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने भनेको छ । यो स्वागतयोग्य छ,’ ढकालले थप्नुभयो, ‘सरकारले हुबहु यो कार्यान्वयन गर्नुपर्छ । लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएको थियो, बजेटमा समावेश भयो, यो खुसीको कुरा हो ।’

यस्तै, ढकालले बजेटले निजी क्षेत्रको मागलाई समेट्दै अगाडि बढ्ने विषय राम्रो भएपनि यसको कार्यान्वयन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ढकालले पुराना बजेटका कतिपय कार्यक्रम र नीतिलाई बजेटमा नसमेटिनु दुःखद पक्ष भएपनि बजेटमा स–साना छरिएर रहेका पुँजीलाई लगानीमा परिणत गर्नेलगायत कार्यक्रम निजी क्षेत्रको सुझाव अनुसार नै प्राथमिकतामा परेकोमा सन्तुष्टि देखिनुभयो । विशेषगरी मर्जर र एक्विजिसनमा दिइएको सुविधा अहिलेको बजेटमार्फत काटिएकोमा भने ढकालले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मर्जर र एक्विजिसनमा अगाडिको बजेटले दिएको सुविधा कतिपय ओभरसाइज्ड एजेन्सीहरुले दिएको रिपोर्टको कारणबाट आउने बजेटमा काटिएको छ । त्यसले अर्थमन्त्रालयलाई १५–२० अर्ब संकटको बेला आउने राम्रो होला तर, त्यसले दिने सन्देश एकदमै नकारात्मक हिसाबको हुने हुनाले यसमा अर्थमन्त्रीज्युले सुधार गर्नुहुनेछ भन्नेमा आग्रह गर्छु ।’