१७ असार २०८३, बुधबार

एकैदिन २३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन एक लाख ३९ हजार आठ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।