२७ असार २०८३, शनिबार

कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइनेमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिए पनि समय नपुगेको भन्दै ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएपछि पूर्वमुख्यमन्त्री काँग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री हुनुभएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको बताउनुभएको छ ।