
काठमाडौं, १६ जेठ । सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न माग गरेको निवेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
कानूनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ । यस विस्तार याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।
केजरीवालले आफ्नो स्वास्थ्यको कारण देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन थप गर्न माग गर्नुभएको थियो । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा अन्तरिम जमानतमा छुट्नु भएको थियो । उहाँको जमानत जुन १ मा सकिँदैछ ।
केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिनु भएको थियो । गत मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर उहाँ तिहाडबाट बाहिरिनु भएको थियो । उहाँलाई प्रवर्तन निर्देशनालयले मार्च २१ मा पक्राउ गरेको थियो ।








प्रतिक्रिया