१ श्रावण २०८३, शुक्रबार

इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । गाजाको राफाहमा इजरायली हवाई हमलाबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणलाई ‘दुःखद दुर्घटना’ भन्नुभएको  छ। तर अन्तर्राष्ट्रिय समुदायबाट विरोध बढिरहेको छ।

अल्जेरियाले सुरक्षा परिषद्को बैठक बोलाएको छ । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले पनि राफाहमा भएको आक्रमणको निन्दा गर्नुभएको थियो । उहाँले यहाँको अवस्था भयावह रहेको भन्दै यसलाई रोक्नु पर्ने बताउनु भयो । उहाँले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको जानकारी दिनुभयो ।

आइतवार, इजरायलले रफाहमा रहेको शरणार्थी शिविरमा आक्रमण गर्दा कम्तिमा ४५ जनाको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ।