१ श्रावण २०८३, शुक्रबार

एमालेका लागि प्रधानमन्त्री र मन्त्रालय प्राथमिकता होइन : शंकर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १५ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेका लागि प्रधानमन्त्री र मन्त्रालय प्राथमिकताको बिषय नभएको प्रष्ट पार्नुभएको छ ।

एमाले सुनसरीको आठौ जिल्ला अधिबेशनबाट नवनिर्वाचित कमिटिको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै एमालेलाई काँग्रेसले प्रधानमन्त्रीको अफर गर्दै हिडेको भएपनि अहिलेको सत्ता गठवन्धनले मिसन ८४ सम्मै निरन्तरता पाउने दाबी गर्नुभयो ।

एमालेको मिसन मन्त्रालय र प्रधानमन्त्री नभइ मिसन ८४ भएको उहाँले स्पष्ट पार्नुभयो । मिसन ८४ पूरा गर्न घेराबन्दी तोडेर नयाँ गठवन्धन बनाएको उहाँको भनाइ छ । देश बनाउन एमालेलाई निर्णायक बलियो शक्ति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालको राजनीतिक परिवर्तन एमालेको नीतिका कारण भएकाले परिवर्तनको नेतृत्व गर्न एमालेलाई निर्णायक बलियो शक्ति बनाउनु पर्ने महासचिव पोखरेलले बताउनुभयो ।